सुन र चाँदीको मूल्य ह्वातै घट्यो, तोलामा कति ?

0 Shares

काठमाडौँ । पुस ४ गते, बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्य ह्वातै घटेको छ ।

यस दिन सुनको मूल्य प्रतितोला एक हजार ७०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा ५५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला एक हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ । हिजोको बजारमा चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

सम्बन्धित समाचार