0
Shares
काठमाडौँ । भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङले नेकपा एमालेको केन्द्रीय कार्यालय बनाउन जग्गा दिएको विषयमा परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ।
न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलामले इजलासले पूर्ण सुनुवाइ पछि रिट खारेजको आदेश गरेको हो।
सोमबारलाई यो रिट हेर्दाहेर्दैमा राखिएको थियो।
गत २५ असोजमा भाटभटेनी सुपरमार्केटका अध्यक्ष गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले एमालेको पार्टी कार्यालय निर्माणका लागि १० रोपनी १४ आना जग्गा प्रदान गरेका थिए ।