नेपाल बैंकर्स संघको अध्यक्षमा दुई जना सिइओ सन्तोष कोइराला र अशोक शेरचन बीच भिडन्त

0 Shares

काठमाडौँ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्षमा दुई जना सिइओबीच भिडन्त हुने भएको छ । संघको अध्यक्षका लागि दुई जनाबीच कडा प्रतिस्पर्धा हुने भएको हो ।

संघको अध्यक्षमा सन्तोष कोइराला र अशोक शेरचनको उम्मेदवारी परेको छ । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत कोइराला हाल बैंकर्स संघका उपाध्यक्ष र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचन कार्यकारी सदस्य छन् ।

आगामी पुस ३ गते संघको ३८ औं वार्षिक साधारणसभा हुँदैछ । साधारणसभाले अध्यक्ष र उपाध्यक्षसहित तीन जना सदस्य चयन गर्नेछ ।

सम्बन्धित समाचार