रविलाई हिरासतमा राख्न प्रहरीले ९ दिन माग्यो, अदालतले ५ दिन दियो

0 Shares

काठमाडौँ । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो । प्रहरीले ९ दिन हिरासतमा राख्न अनुमति मागेको थियो ।

सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका उनलाई सो दिन राति पोखरा लगिएको थियो । उनलाई पछिल्लो पटक थपिएको चार दिन म्याद थप गरिएको थियो ।

संसदीय छानबिन समितिको प्रतिवेदनले पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गर्न रविको संलग्नता देखाएको थियो ।

सम्बन्धित समाचार