0
Shares
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई वटा जिल्ला समिति पुनर्गठन गरिएका छन् ।
कोशी प्रदेशको संखुवासभा र बागमती प्रदेशअन्तर्गतको दोलखा जिल्ला समिति पुनर्गठन गरिएको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनले भने, “इन्द्रबहादुर तामाङको अध्यक्षतामा १५ सदस्यीय दोलखा जिल्ला समिति तथा सीताराम तिमल्सिनाको अध्यक्षतामा ३९ सदस्यीय संख्यावासभा जिल्ला समिति पुनर्गठन गरिएको छ ।”
गत भदौदेखि जसपा नेपालले आधारभूत संगठन निर्माणको चार महिने अभियान सुरु गरेको थियो । मंसिर मसान्तसम्म सञ्चालन हुने भनी निर्धारण गरिएको अभियानको समयावधि थप हुन सक्ने पार्टीले जनाएको छ ।