गगनको लामो भाषण सुनेर देउवाले भने- बढी बोल्नेले आफूलाई सिध्याउँछ

0 Shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापाप्रति व्यंग्य गरेका छन् । थापालाई लक्षित गर्दै देउवाले बढी बोल्नेले आफैलाई सिध्याउने बताए ।

‘हाम्रो महामन्त्री जीले धेरै कुरा भनिसक्नु भएको छ, तर एउटा कुरा भन्छु है’, उनले भने, ‘म कम बोल्छु, बढी बोल्नेले आफूलाई सिध्याउँछ, कम बोल्नेले अरुलाई ।’

कोशी प्रदेश सम्मेलनको उद्घाटन समारोहलाई सम्बेधन गर्ने क्रममा महामन्त्री थापाले लामो भाषण गरेका थिए । त्यसपछि सभापति देउवाले सम्बोधन गरेका थिए ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा महत्वपूर्ण सम्झौता गरेको देउवाको दाबी थियो । यस क्रममा उनले पार्टीका नेता कार्यकर्तालाई एकताबद्ध भएर बढ्न आग्रह गरे ।

सम्बन्धित समाचार