सानिमा बैंकको २० औँ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

0 Shares

काठमाडौँ । सानिमा बैंकको २० औँ वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र नक्साल तथा सामुदायिक प्रहरी सेवा केन्द्र नक्साल, ब्लड डोनर एशोसिएसन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पताल, तिनकुनेको प्राविधिक सहयोगमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

बैंकको मुख्य कार्यालय नजिक रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीको सहभागिता भएका थिए ।

२०८१ मंसिर २१ बिहीबार बिहान ११ बजेदेखि शुरु भएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्वारा सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरेका छन् । बैंकले स्थापना कालदेखि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।

बैंकले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा देशैभर रहेका शाखाबाट रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । बैंकको सातै प्रदेशमा हाल १३५ वटा कार्यालयहरु र १२५ वटा एटीएम संचालनमा गरेको छ ।

सम्बन्धित समाचार