0
Shares
काठमाडौं । एक साहसिक व्यक्ति पल अलेक्जेण्डर । जसको केही दिनअघि मात्रै निधन भएको छ ।
‘पोलियो पल’ भनेर चिनिने पलको ७८ वर्षको उमेरमा निधन भएको हो । उनले आफू बाँचुञ्जेल सात दशक शरीरमा ‘फलामको फोक्सो’ राखेर जीवन बिताए ।
सन् १९४६ मा जन्मेका उनलाई ६ वर्षको उमेरमा पोलियोका कारण पक्षघात भएको थियो । यसपछि उनले आफ्नो टाउको, घाँटी र मुख मात्र चलाउन सक्थे ।
अमेरिकामा पोलियोको व्यापक महामारी भएकाले पीडित विरामीलाई फलामको फोक्सो राखेर सास फेर्न सहज बनाउने व्यवस्था गरिन्थ्यो । जसमा उनी पनि पर्थे ।
समाचारमा जनाइएअनुसार अलेक्जेण्डर ८ वर्ष हुँदा शरीरमा फलामको फोक्सो जोडिएको थियो । उनले ७० वर्षसम्म यसैगरी जीवन बिताए ।
यत्तिको पीडादायी जीवन हुँदासमेत उनले २१ वर्षको उमेरमा ग्र्याजुएट गरे । सन् २०२० मा आत्मकथा लेखे । एजेन्सी