पेट्रोलियम पदार्थको मूल्य घट्यो

0 Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगम सञ्चालक समितिको बैठकले आज मध्य रातिदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर एक र डिजेल/मट्टीतेलको मूल्यमा प्रतिलिटर दुई घटाएको छ ।

निगमले पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १७० र तेस्रो वर्गका लागि १७१ तोकेको छ ।

यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १५५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १५७ र तेस्रो वर्गका लागि १५८ कायम भएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

पहिलो वर्गअन्तर्गत चारआली, विराटगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायर रहेका छन् ।

सम्बन्धित समाचार