काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने निश्चित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डले जानकारी दिए ।
प्रधानमन्त्री ओलीसंगको भ्रमणमा ३९ जना सरकारी र ४८ जना निजी क्षेत्रका व्यक्ति चीन भ्रमणमा जाने टुंगो लागेको हो ।
प्रधानमन्त्री ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै मङ्सिर १७ देखि २० गतेसम्म चीनको भ्रमण गर्नेछन् ।
सरकारी टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु प्रसाद रिमाल, आर्थिक सल्लाहकार युवराज खतिवडा, सांसद अर्जुन नरसिंह केसी, श्याम कुमार घिमिरे, लिलानाथ श्रेष्ठ, बिजुला रायमाझी, रेखा शर्मा, वीरेन्द्र प्रसाद महतो, दीपक कार्की, सर्वेन्द्र नाथ शुक्ला, रञ्जिता श्रेष्ठ, मुख्यसचिव एकनारायण अर्याल, सचिवहरू रामप्रसाद घिमिरे, अमृत बहादुर राई परराष्ट्र कामु सचिव रहेका छन् ।
यसैगरी लगानी बोर्डका सीईओ सुशील ज्ञवाली, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका सहप्राध्यापक पद्मसुन्दर जोशी, प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंह शाह, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यसहित अन्य सरकारी अधिकारीहरू कृष्ण प्रसाद ढकाल, विष्णु प्रसाद गौतम, मणिरत्न शर्मा, उदय पोखरेल, कमल रावल, ऋचा भट्टराई, जानकी ओझा, सुजन लामिछाने, विनोद खनाल, जयश्री शाक्य र अनिता सिंह रहनेछन् ।
ल्बदष् िदबलप
यस्तै परराष्ट्र मन्त्रालय अन्तरगतका ७ जना भने यसअघि नै चीन गइसकेका छन् । यसबाहेक ४८ जना निजी क्षेत्रका व्यक्ति प्रधानमन्त्री ओलीसँग चीन भ्रमणमा जाने टुंगो मन्त्रिपरिषद् बैठकले लगाएको एक मन्त्रीले जानकारी दिए ।
प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङबसँग मंसिर १८ गते भेटवार्ता गर्नेछन् । भ्रमण सकेर प्रधानमन्त्रीसहितको टोली २० गते स्वदेश फर्कने छ ।
यसैबिच भीआईपी र भीभीआईपीहरु विदेश जाँदा विमानस्थलमा लावालस्कर नलाग्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् । भीभीआईपी र भीआइपीलाई स्वागत र बिदाइ गर्दा कार्यवाहक प्रधानमन्त्री, गृहमन्त्री, मुख्यसचिवसहित १४ जना मात्र एयरपोर्ट गए हुने प्रधानमन्त्रीले बताएका छन् ।