लोकतन्त्रप्रति भरोसा जगाउन शासन प्रणाली पारदर्शी अनिवार्य – राष्ट्रपति

0 Shares

 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समाजमा पछाडि परेका क्षेत्र र वर्गको हित अनि आम नागरिकको जीवनस्तर सुधार गरेर यही व्यवस्थामा मात्रै मेरो भविश्य सुरक्षित छ भन्ने जनतालाई भरोसा जागृत गराउनु संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य भएको बताएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित महेन्द्रनारायण निधिको संघर्षमय जीवनीमा आधारित नेपालका निधि नामक पुस्तक लोकार्पण गर्नेक्रममा उक्त कुरा बताएका हुन् । संघीय लोकतान्त्रिक गणतन्त्रको यो लक्ष्य पूरा गर्न न्यायपूर्ण, समावेशी र समृद्ध आधुनिक नेपाल बनाउने काममा सवै जुट्नुपर्ने उनले बताए । राष्ट्रपति पौडेलले जनतामा भरोसा जगाउनका लागि शासन प्रणाली पारदर्शी जवाफदेही र सुशासन पहिलो शर्त भएको उल्लेख गरेका छन् ।

‘सत्ता र शक्तिमा बस्नेका कमजोरीले लोकतन्त्रका शाश्वत मूल्य मान्यता अनि पवित्रतालाई धुमिल बनाउजे अवस्था आउन दिन हुँदैछ’ उनले भने, ‘यो कुरामा ध्यान दिन सके नै लोकतन्त्रको मूल्यमा कसैसँग संझौता नगर्ने निधिजी लगाउतका अग्रजहरूप्रति सच्चा सम्मान हुनेछ भन्ने पनि म ठान्दछु ।’ राष्ट्रपति पौडेलले महेन्द्रनारायण निधिका बहुआयामिक व्यक्तित्व, नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापना तथा सामाजिक, सांस्कृतिक जागरणबारे जान्न र बुझ्न चाहनेका लागि पनि सङग्रहणीय सामग्री हुने स्पष्ट गरेका छन् ।

राष्ट्रपतिले महेन्द्रनारायण निधि बीपी कोइराला र समाजवादी नेता डा. राममनोहर लोहियाका चिन्तनबाट प्रभावित हुनुभएका महेन्द्रनारायण निधि नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी व्यक्ति भएको दाबी गरे । देशको राजनीति, आर्थिक र सामाजिक परिवर्तनका लागि आफ्नो जीवन समर्पित गरेको उनको भनाई छ । ‘जहानियाँ राणाशासन र एकदलीय पञ्चायत मात्र होइन रुढीवादी, पछौटेपन तथा कुसंस्कारबाट मुक्त गरी नेपाली समाजलाई परिवर्तनको उज्यालो मार्गमा अघि बढाउन निधिजीले खेल्नुभएको भूमिका सदैव अनुकरणीय छ’ उनले भने, ‘राजनीतिक राजनीतिक जीवनका अनेकौ उतारचढावका दिनमा मैले निधिजीलाई अन्यन्त, धैर्यवान, सरल, सादगी नेताका रुपमा चिन्ने र बुझ्ने मौका पाएको छु ।’

 

सम्बन्धित समाचार