उपनिर्वाचन : कांग्रेस-एमालेका साझा उम्मेदवार पछि हटेपछि माओवादीका घर्ती विजयी

0 Shares

काठमाडौँ । स्थानीय तहको उपनिर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा माअ‍ोवादी केन्द्रले खाता खोलेको छ । रुकुम पूर्वबाट माओवादी केन्द्रले खाता खोलेको हो ।

कांग्रेस-एमालेको तर्फबाट उम्मेदवारी दिएका जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि पुथाउत्तरगङ्गा गाउँपालिका २ को वडाध्यक्षमा जगत घर्ती निर्विरोध चयन भएका हुन् ।

वडाध्यक्ष पदमा निर्वाचित भएसँगै घर्तीलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाई दिएका छन् । ‘रुकुम (पूर्व) पुथाउत्तरगंगा गाउँपालिका वडा नं. २ को उप निर्वाचनमा वडाध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनु भएकोमा हाम्रो पार्टीका उम्मेदवार क. जगत घर्ती (काजु)लाई हार्दिक बधाई तथा कार्यकालको शुभकामना व्यक्त गर्दछु,’ उनले भनेका छन् ।

निर्वाचन आयोगले आधिकारिक घोषणा गर्न बाँकी छ ।

सम्बन्धित समाचार