प्रधानमन्त्रीसँग भेटेपछि देउवाले महामन्त्रीहरूलाई किन बोलाए ?

0 Shares

काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्रीहरूसँग छलफल गरेका छन् । गृह जिल्ला डडेल्धुराबाट फर्किएलगत्तै प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग भेट गरेका देउवाले महामन्त्रीसँग छलफल गरेका हुन् ।

सभापति देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग भेट गरेका हुन् । सोमबार साँझ देउवा बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए ।

सभापति देउवाले आज बिहान बूढानीलकण्ठस्थित आफ्नो निवासमा महामन्त्रीहरूलाई बोलाएर छलफल गरेका हुन् ।

भेटमा पछिल्ला विकसित समसामयिक राजनीतिक अवस्था, उपनिर्वाचनको विषयमा कुराकानी भएको बताइएको छ । यसअघि देउवा करिब एक साता गृह जिल्ला बसेका थिए ।

सम्बन्धित समाचार