काठमाडौँ । जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई निर्विरोध भएका छन् ।
स्थानीय तह उपनिर्वाचन २०८१ मा उम्मेदवारी दर्ता गराएका उनी निर्विरोध निर्वाचित भएको कांग्रेसले जनाएको छ । कांग्रेसका उम्मेदवारलाई निर्विरोध निर्वाचित गराउन अहम् भूमिका निर्वाह गरेका अन्य राजनीतिक दल एवं सम्पूर्ण जनप्रतिनिधिलाई कांग्रेस केन्द्रीय कार्यालयले धन्यवाद दिएको छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार जारी गरेको वक्तव्यमा भट्टराईलाई निर्विरोध निर्वाचित गराउन सहयोग गर्ने सबै दललाई धन्यवाद व्यक्त गरिएको छ ।
यस्तै, कैलालीमा पनि एमालेले कांग्रेसलाई सहयोग गरेसँगै कांग्रेसका उम्मेदवार विजयी भएको छ । कूल १३ पालिका रहेको कैलालीमा कांग्रेसका आठ र एमालेका पाँच जना पालिका पदाधिकारी छन् । यो संख्या बहुमत हो ।
कांग्रेस र एमालेबाहेक १२ जना पालिका पदाधिकारी मात्र छन् । यसपटक एमालेको समर्थनमा कांग्रेसकी टीका चौधरी जिसस सभापति निर्वाचित हुने पक्का भएको हो ।