0
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भनिएको बैठक स्थगित भएको छ । पूर्व सभामुख दमननाथ ढुंगानाको निधन भएकाले आजको बैठक स्थगित भएको एक नेताले बताए ।
आज बस्ने भनिएको बैठकमा विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनको विषयमा छलफल गर्ने बताएको थियो । अर्को बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बिहान ११ बजेदेखि बस्ने भएको छ ।
यसअघि बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको बैठक पुस २ देखि ७ गतेसम्म बस्ने निर्णय गरेको थियो । जसअनुसार थप छलफलका लागि मंसिर ३ गते पदाधिकारी बैठक बोलाउने निर्णय गरेको थियो ।