कीर्तिपुरमा रास्वपाले उठाएन उम्मेदवार, कसलाई गर्दैछ समर्थन

0 Shares

काठमाडौँ । कीर्तिपुरको मेयरका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारी नदिने निर्णय गरेको छ । मंसिर १६ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता नगराउने रास्वपाका काठमाडौं सभापति प्रदीप विष्टले जानकारी दिए ।

उनले स्वतन्त्र उम्मेदवारलाई पार्टीले समर्थन गर्ने गरी अगाडि जाने बताए । यसअघि रास्वपाले कीर्तिपुरमा जयराम कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

कीर्तिपुरको मेयरमा नेकपा एमालेका डा. सुरेन्द्र मानन्धर, नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जन, राप्रपाका ध्रुव महर्जन उम्मेदवारी दिएका छन् ।

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा(का दिलकुमार महर्जनले उम्मेदवारी दर्ता गरेका छन् । एकीकृत समाजवादी र नेसपाको महिन्द्रराय यादव समूहले माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने भएको छ ।

सम्बन्धित समाचार