काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) र नेपाल कम्यु्निस्ट पार्टी(एकीकृत समाजवादी) पार्टी बिच स्थानीय उपनिर्वाचनमा काठमाडौँमा चुनावी तालमेल गरेका छन् । प्रचण्ड निवास खुमलटारमा माओवादीका उपाध्यक्ष अग्निप्रसाद सापकोटा र एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले शनिबार हस्ताक्षर गरेर चुनावी तालमेल गरेका हुन् ।
माओवादी र एकीकृत सामाजवादीले काठमाडौं र्कितिपुर नगरपालिका मेयरमा माओवादीका उमेदरवार प्रा.डा.शिवशरण महर्जनलाई सघाउने निर्णय गरेको एक नेताले बताए । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष पदमा एकीकृत समाजवादी पार्टीका उमेदवार मिनबहादुर मानन्धरलाई माओवादीले सघाउने सहमती गरेका छन् ।
अरु स्थानीय उपनिर्वाचनमा समेत दुई दलले आफ्नो अनुकुलतामा तालमेल गर्न आग्रह गरेका छन् । समाजवादी मोर्चामा आवद्ध भएका एकले अर्कोका उम्मेदवारलाई सघाउने भएका छन् । मङ्सिर २ गते उम्मेदवारी दर्ता भएपछि १६ गते निर्वाचन हुने भएको छ ।