रवि लामिछाने ‘जब लेस’ भएर भेट्न आएको प्रधानमन्त्री ओलीको दाबी

0 Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ‘जब लेस’ (बेरोजगार) हुँदा आफूहरूबीच पहिलो पटक भेट भएको बताएका छन् ।

यस्तै, प्रधानमन्त्री ओलीले रविले पार्टी खोल्ने विषयमा सल्लाह मागेको बताए । ‘कान्तिपुर कन्क्लेभ २०२४’को समापन बोल्दै उनले आफूलाई रविलाई गरिखान सहयोग गरेको बताए ।

‘रवि बाबु ‘जब लेस’ भएर हिँडिरहेको बेला मकहाँ आउनु भो, मलाई कुनै जब दिनु पर्यो म अफ्ठ्योरोमा छु, मैले के जानेको छ भनेर सोधे, उनले मसँग बोल्ने कला छ भने, मैले पनि कला होला भनेर बाबुकै लागि एउटा एनटिभीमा एउटा प्रोग्राम राख्छु, ‘सिधा कुरा प्रधानमन्त्रीसँग’, त्यसको पैसा एनटिभीलाई दिनु पर्दैन, विज्ञापन उठाएर दिनु पर्दैन, म हटेपछि प्रचण्ड प्रधानमन्त्री बनेपछि हटाइदिनु भो,

त्यसपछि अर्को टिभीमा गएर उठेर मच्चिमच्ची बोल्ने कला देखाउनु भो, पछि रविले पार्टी खोल्छु भन्नु भो, खोल बाबु भनेँ, रविले सहकारीमा यत्रो गरेको भन्ने कुरा मलाई विश्वास लागेन, पछि तीन पटक वासिङ मेसिनमा धोएको जस्तो कुरा गर्नु भो, समिति बन्ने कुरा भयो, रवि आफैले छानविन समिति बनाइयोस् भन्नु भो, प्रचण्ड जीले पनि समिति बनाउनेबारे मसँग कुरा गर्नु भो, म सहमति थिइनँ, पछि लौ गरौँ न त भनेर बनाइएको हो, अहिले उहाँ आफै पर्नु भो ।

सम्बन्धित समाचार