एमाले महासचिव पोखरेलका दाजुको निधन

0 Shares

काठमाडौं
नेकपा एमालेका महासचिव शंकर पोखरेलका दाजुको निधन भएको छ । महासचिव पोखरेलका दाजु देवी पोखरेलको गएराति ७४ वर्षको उमेरमा निधन भएको हो ।

नेकपा एमालेका केन्द्रीय सल्लाहकार समेत रहेका स्व पोखरेलका श्रीमती, दुई छोरा र एक छोरी छन् । उनी लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित रहेको परिवारले जानकारी दिएको छ ।

सम्बन्धित समाचार