नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा १९ जनाको आवेदन (नामावली सहित)

0 Shares

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा १९ जनाको आवेदन परेको छ । अर्थ मन्त्रालय वित्त व्यवस्थापन महाशाखाले दिएको जानकारी अनुसार दिउसो सबा चार बजेसम्म उक्त सङ्ख्यामा निवेदन परेका हुन्।

महाशाखाका अनुसार नीरज गिरि, डा. नवराज अधिकारी, कृष्णराज पोखरेले, चिरञ्जीवी चापागाईँ मुक्ति अर्याल, सिताराम थपलिया, बिमल तिवारि, प्रबिन पन्दाक, शिवराम श्रेष्ठ, कृष्ण बहादुर कार्कि लगायत छन् ।

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद खाली भएपछि गत फागुन १६ गतेदेखि अध्यक्षको लागि दरखास्त आह्वान गरिएको थियो । १५ दिनको म्याद राखेर अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले दरखास्त आव्हान गरेको हो ।

इच्छुक नेपाली नागरिकले फागुन ३० गतेभित्र आवेदन दिनु पर्ने सूचना निकालिएको थियो। जुन बुधवार साँझ पाँच बजेपछि सकिएको छ ।

सम्बन्धित समाचार