0
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रधानमन्त्री निवास बालुवाटार केन्द्रित गरेर आन्दोलन गर्ने निर्णय गरेको छ । रास्वपाले अधिनायकवादी दुई तिहाइ सरकारको राजनीतिक प्रतिशोध र दम्भको स्रोत खोज्न बालुवाटार जाऊ भन्दै अभियान चलाएको हो ।
रास्वपाले बालुवाटारको नेपाल हाउसमा सबै जम्मा भएर प्रदर्शन गने तयारी गरेको छ । लामो समय पोखरलाई केन्द्र बनाएर चलाएको आन्दोलन पछिल्लो समय काठमाडौँमा भई रहेको छ । माइतीघर, कीर्तिपुर, रत्नपार्क लगायतको क्षेत्रमा आन्दोलन रास्वपाले गरी सकेको छ ।
मङ्गलवार बालुवाटार केन्द्रीकृत भई आन्दोलन गर्ने तयारी गरेको हो । रास्वपाका सभापति रबी लामिछानेलाई राजनीतिक प्रतिशोधका कारण सहकारी प्रकरणमा पक्राउ गरेको भन्दै नेता कार्यकर्ताले दैनिक जसो प्रदर्शन जारी राखेका छन् ।