सबै सरकारी कार्यालयमा डेंगु रोकथामको अभियान चलाउने

0 Shares

काठमाडौं । सरकारले भोलि (शुक्रबार) १० बजे सबै सरकारी कार्यालयमा सरसफाइ गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डेंगुबाट बच्नको लागि सबै मन्त्रालयसहित सरकारी कार्यालयमा बिहान १० बजे सरसफाइ गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा बढ्दो डेंगु नियन्त्रणका लागि सरसफाइ गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
‘स्वास्थ्य मन्त्रालयको आग्रहमा भोलि शुक्रबार १० बजेभित्र आ–आफ्नो मन्त्रालयसहित सबै सरकारी कार्यालयमा सरसफाइ गर्ने निर्णय भएको छ’ उनले भने, ‘डेंगु नियन्त्रणका लागि सरसफाइ अभियान चलाउने निर्णय भएको हो ।’

सम्बन्धित समाचार