उपाधि जित्न नेपाल र पपुवा न्युगिनी खेल्दै, नेपाली टोलीमा अभिनास फर्किंन सक्ने

0 Shares

काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी २० आई सिरिजको फाइनलमा नेपालले पपुवा न्युगिनीसँग खेल्दै छ । नेपाली समयअनुसार खेल बिहान ११ः४५ बजे मोगं कोगंमा मैदानमा सुरु हुनेछ ।

प्रतियोगितामा नेपाल र हङकङबीचको पहिलो खेल वर्षाको कारण रद्द भएको थियो । आफ्नो दोस्रो खेलमा नेपालले पपुवा न्युगिनीलाई ८५ रनले पराजित गरेको थियो ।

नेपालसँग पराजित भएको पपुवा न्युगिनीले हङकङलाई १० विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।

आजको खेलमा बिरामी भएका अभिनाश बोहरा फिट भए आकाश चन्द बाहिर हुने सम्भावना छ । अन्य खेलाडी परिवर्तनको सम्भावना छैन ।

सम्बन्धित समाचार