सरकारले १०० दिनमा भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण मात्रै बोकायो : प्रभु साह

0 Shares

काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको १०० दिने कार्यकाल विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने काममै सिमित रहेको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले ओली नेतृत्वको सरकार जनताको आवश्यकता र चाहना अनुसार काम गर्न नसकेर असफल भएको आरोप लगाएका हुन् ।

वर्तमान सरकार विपक्षी दलहरुलाई तर्साउने र फुटाउने खेलमा लागेको आरोप लगाए । ‘विकास होईन उल्टै जनतालाई ऋण बोकाउने काममा लागेको देखियो’, उनले भने ।

बाढी, पहिरो लगायतका प्राकृतिक विपत्तिमा सरकार भएको अनुभूत जनताले गर्न नपाएको बताए । सरकार विपक्षीहरुलाई तर्साउन लागि परेको आरोप पनि उनले लगाए ।

सम्बन्धित समाचार