सत्तापक्षको बैठक बालुवाटारमा जारी

0 Shares

काठमाडौं । सत्तापक्षको बैठक प्रधानमन्त्री निवास बालुवटारमा जारी छ । बुधबार विहान सत्तापक्षका नेतृत्व सहित दोस्रो तहका नेताहरु बैठकमा सहभागी भएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृह मन्त्री रेमश लेखक, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मिुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ,जनमत पार्टीका अध्यक्ष सिके राउत लगायत नेताहरु सहभागी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने पक्राउ परेपछि नेता कार्यकर्ता आन्दोलित भएका छन् । साथै विपक्ष मोर्चाले कात्तिक १० गते काठमाडौँमा आमसभा गर्ने तयारी गरेपछि सत्तापक्षको बैठक बसेको बुझिएको छ ।

सम्बन्धित समाचार