अछाममा केपी ओलीविरुद्ध एमालेकै नेता कार्यकर्ताले गरे आन्दोलन

0 Shares

काठमाडौँ । अछाममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आफ्नै पार्टीका नेता तथा कार्यकर्ताले आन्दोलन गरेका छन् । साँफेबगर नगरपालिकामा एमाले नेता भीम रावलनिकट नेता कार्यकर्ताले ओलीविरुद्ध आन्दोलन गरेका हुन् ।

आइबार साँझ नेता रावललाई स्पष्टीकरण सोध्ने पार्टीको निर्णयपछि उनीनिकट कार्यकर्ताले विरोध जनाएका हुन् । पूर्वनिर्धारित कार्यक्रमअनुसार पार्टीका जिल्ला इञ्चार्ज झपट बोहरा र सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैसी साँफेबगर पुगेलगत्तै उनीहरू आन्दोलन गरेका थिए ।

इञ्चार्ज बोहरा र प्रदेश अध्यक्ष जैसीसहित नेताहरू दशैँ तिहारको शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रमका लागि साँफेबगर पुगेका थिए । उनीहरूले भीम रावल जिन्दावाद, स्पष्टीकरण सोध्ने निर्णय फिर्ता ले, प्रदेश कमिटीको विज्ञप्ति खारेज गर भन्दै नारा लगाएका थिए ।

जिल्ला इन्चार्ज बोहरा र प्रदेश अध्यक्ष जैसी पार्टी अध्यक्ष केपी ओलीनिकट हुन् ।

सम्बन्धित समाचार