मलेसियामा कामदारको न्यूनतम तलब बढ्यो, अब कति हुन्छ ?

0 Shares

काठमाडौँ । मलेसियान सरकारले कामदारको न्यूनतम तलब वृद्धि गरेको छ । सन् २०२५ को बजेट भाषणमा सरकारले कामदारको तलब प्रतिमहिना १५०० बाट बढाएर १७०० मलेसियन रिङ्गेट पुर्‍याउने जनाएको हो ।

प्रधानमन्त्री दातुक सेरी अनवार इब्राहिमले पाँचभन्दा कम कामदार भएका रोजगारदाताका लागि नयाँ न्यूनतम तलब आगामी १ अगस्ट २०२५ देखि लागू हुने जानकारी दिए ।

नयाँ तलब कार्यान्वयन हुनुअघि त्यहाँको मान संशाधन मन्त्रालयले सबै क्षेत्रका लागि तलब निर्देशिका तयार गरी प्रकाशित गर्ने भएको छ । नयाँ तलब कार्यान्वयनमा केही ढिला हुने भएको हो ।

मलेसियामा १९ मार्च २०२२ यता न्यूनतम तलब १५०० रिङ्गेट हुँदै आएको थियो । तर, उद्योग र उत्पादन प्राविधिकको सुरुवाती तलब यसअघि नै करिब २३०० रिङ्गेट बनेको थियो ।

सम्बन्धित समाचार