कर्णाली प्रदेश लोक सेवा आयोगले माग्यो कर्मचारी, एसएलसी उत्तीर्ण गरेकाले पनि आवेदन दिन पाउने

0 Shares

काठमाडौँ।  कर्णाली प्रदेश लोक सेवा आयोगले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । आयोगले मंगलबार एक सूचना जारी गर्दै कर्णाली प्रदेशका विभिन्न स्थानीय स्थानिय तहमा रिक्त रहेको सहायक पदको लागि दरखास्त आह्वान गरेको हो ।

सहायक पदको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी.स.ई.ई. वा सो सरह उत्तीर्ण गरेको भए पुग्ने आयोगले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । योग्यता पुगेका नेपाली नागरीकले आजदेखि चैत १९ गतेसम्म आवेदन दिन सक्ने छन् । दोब्बर दस्तुर तिरेर भने चैत २६ गतेसम्म आवेदन दिन सकिने छ ।

उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणाली https://ppsconline.karnali.gov.np बाट अनलाइन दरखास्त दिनुपर्नेछ । प्रत्येक विज्ञापनका लागि दरखास्त दस्तुर ४०० रुपैयाँ बुझाउनुपर्नेछ । समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा थप समूह प्रत्येकका लागि थप दस्तुर २०० रुपैयाँ बुझाउनुपर्नेछ ।

सम्बन्धित समाचार