चलचित्र ‘एक्टर: टेक वन’ को पहिलो गीत सार्वजनिक

0 Shares

काठमाडौँ । चलचित्र ‘एक्टरस् टेक वन’ को पहिलो गीत ‘दिन बित्ला’ सार्वजनिक भएको छ। रोमान्टिक भावको यस गीतमा सनिश श्रेष्ठ र प्रीति कौरको आवाज,राजेश कुमार श्रेष्ठको शब्द र एलिश कार्कीको संगीत छ। शैलेन्द्र प्रधान (बाबु)ले एरेन्ज गरेका गीतले प्रेममा रहेका दुई व्यक्तिको सम्बन्धलाई समयको यात्रासँग जोडेर प्रस्तुत गरेको छ, जसले उनीहरूको जीवनभरको साथको भावना व्यक्त गर्छ।

शिशिर खातीले कोरियोग्राफी गरेको गीतको भिडियोमा अभिनेता प्रदिप खड्का र नव-अभिनेत्री दिव्या रायमाझी छन्। यसै चलचित्रबाट अभिनय यात्रा सुरु गरेकी दिव्यालाई भिडियोमा ‘बोल्ड एन्ड ब्यूटिफूल’ रूपमा प्रस्तुत गरिएको छ। उनी चर्चित अभिनेता दिलीप रायमाझीकी छोरी हुन्।

चलचित्रलाई राजन भुसालले निर्देशन गरेका छन् भने स्क्रिप्ट आकाश बराल र राजन भुसालको रहेको छ। प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, र राजबल्लभ कोइरालासहित दिव्य देव, उषा रजक र सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको चलचित्रलाई अदृत फिल्मस् र मोती फिल्मस्‌को संयुक्त प्रस्तुति हो। चलचित्रका निर्माता थमन कुमार भण्डारी, सह-निर्माता अनीश भुसाल र क्रियटिभ प्रोड्युसर मोती कार्की हुन्।

नरेन्द्र मैनालीले छायांकन गरेको यो चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन्। चलचित्रमा हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीले सङ्गीत दिएका छन भने शिशिर खाती र किरण थापाले कोरियोग्राफी गरेका छन्।

सम्बन्धित समाचार