झापाको प्लाइउड उद्योगमा आगलागी

0 Shares

काठमाडौँ । झापाको मेचीनगर नगरपालिकामा रहेको प्लाइउड उद्योग भगवती लेमिनेट्स प्रा.लिमा आगलागी भएको छ।

मेचीनगर नगरपालिका-१५ ज्यामिरगढीमा प्लाइउड उद्योगमा बिहानदेखि आगलागी भएको हो । आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले बताएको छ । आगलागीको कारण खुलेको छैन ।

भगवती नेपालकै ठूलो दाबी गरिएको प्लाइउड उद्योग हो ।

सम्बन्धित समाचार