यो साता सुनको मूल्य रेकर्ड विन्दुमा, तोलामा कति बढ्यो ?

0 Shares

काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम कारोबारको दिन सुनको मूल्य एक लाख ६१ हजार ३०० रुपैयाँ कायम भएको छ । यो मूल्य गत ११ गतेको शुक्रबारको तुलनामा जम्मा सय रुपैयाँ बढी हो ।

अघिल्लो शुक्रबारको दिन सुनको मूल्य प्रतितोला एक लाख ६१ हजार २०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, यो साता चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । अघिल्लो साताको शुक्रबार एक हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य यो साताको अन्तिम कारोबार दिन एक हजार ९८० रुपैयाँमा कारोबार भएको छ ।

सम्बन्धित समाचार