सुनको मूल्यमा वृद्धि, तोलामा कति ?

0 Shares

काठमाडौँ । आज बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ । बुधबार ८०० रुपैयाँले बढेर प्रति तोला १ लाख ६० हजार ८०० रुपैयाँ पुगेको सुन आज ग्राहकहरुले एक तोला खरिद गर्दा बुधबार कायम भएको मूल्यमा १०० रुपैयाँ थप्नु पर्नेछ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रति तोला १ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै आज चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले बढेको हो । महासंघका अनुसार चाँदीको मूल्य प्रति तोला १ हजार ९५० रुपैयाँ कायम भएको छ ।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रति औंस २ हजार ६५२.५५ डलर र चाँदी प्रति औंस ३१.५६ डलरमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार