पूर्वी नेपालको नौ जिल्लामा वर्षा हुने, तीन दिनसम्म सचेत हुन आग्रह

0 Shares

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वी नेपालका नौ जिल्लामा वर्षासँगै बाढीको जोखिम रहेको भन्दै सचेत हुन आग्रह गरिएको छ ।

महाशाखाले एक सूचना जारी गर्दै ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी तथा आसपासका जिल्लामा वर्षासँगै बाढीको जोखिम रहेको जनाएको हो ।

आगामी तीन दिनसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । ठूला नदीहरूमा बाढीको जोखिम नभए पनि साना तथा खोलामा आकस्मिक बाढी आउन सक्ने अनुमान गरिएको छ ।

आज र भोलि दुई दिन कन्काई नदीको जलसतह उल्लेख्य रुपमा बढ्ने छ । यस क्रममा सतर्कता तहभन्दा तलै रहने सम्भावना छ ।

भोजपुर, खोटाङ, सोलुखुम्बु, उदयपुर, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, कास्की, लमजुङ र आसपास भई बग्ने केही साना नदीहरुको बहाव भने बढ्ने पूर्वानुमान छ ।

 

सम्बन्धित समाचार