0
Shares
काठमाडौँ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार उच्च बिन्दुमा पुगेर रेकर्ड कायम गरेको सुनको मूल्य लगातार गिरावट भएको हो ।
आइतबार प्रतितोला ६ सय रूपैयाँले घटेको सुनको मूल्य सोमबार प्रतितोला एक सय रूपैयाँले घटेको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार ५ सय रूपैयाँले घटेको हो ।
योसँगै आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन सोमबार छापावाला सुनको मूल्य एक लाख ६० हजार ५०० रुपैयाँ कायम थियो ।
मंगलबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घट्दै एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ ।