दुई दिन रात्री कालीन बस नचलाउन आग्रह

0 Shares

काठमाडौँ । राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दुई दिन रात्री कालीन बस सेवा बन्द गर्न आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम भएकाले रात्री कालीन बस नचलाउन भनिएको हो ।

वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लामा भोलि र पर्सी (११ र १२ गते) रात्री कालीन बन चलाउने निर्णय मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले गरेको छ ।

साथै, धान नकाट्न र काटिसकेको भए तत्काल थन्काउन, तराई क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न आग्रह गरिएको छ ।

सम्बन्धित समाचार