काठमाडौँको लैनचौरमा दुई स्कुटर ठोक्किँदा युवकको मृत्यु

0 Shares

काठमाडौँ । काठमाडौँ महानगर-२ लैनचौरमा दुई स्कुटर ठोक्किँदा युवकको मृत्यु भएको छ । बा ७९ प ५४७८ नम्बरको स्कुटर र बा प्र ०२-०३६ प ७४४९ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको हो ।

बुधबार राति दुर्घटना हुँदा बा प्र ०२-०३६ प ७४४९ नम्बरको स्कुटरमा सवार दोलखा मेलुङ गाउँपालिका ५ का २१ वर्षीय रूपेश केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अर्का स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको जनाएको छ ।

सम्बन्धित समाचार