निरन्तर तेस्रो दिन सुनको मूल्यमा नयाँ रेकर्ड

0 Shares

काठमाडौँ । पछिल्लो समय सुनको भाउमा लगातार नयाँ रेकर्ड बन्न थालेको छ । पछिल्लो तीन दिनदेखि सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउदै बढेको हो । मंगलबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला एक लाख ५९ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबार छापावाला सुन प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो । गत

आईतबार देखि सुनको मूल्यले निरन्तर रेकर्ड बनाउदै बढेको हो । आईतबारको बजारमा सुन प्रतितोला एक लाख ५८ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यता चाँदीको मूल्य भने घटेको छ । यसदिन चाँदीको मूल्य तोलामा ५ रपैयाँले घटेको हो । चाँदीको मूल्य प्रतितोला एक हजार ९१५ रुपैयाँ पुगेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार ९२० रुपैयाँमा किनबेच भएको थियो ।

सम्बन्धित समाचार