0
Shares
काठमाडौँ । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य नयाँ रेकर्ड बनाएको छ । आइतबार रेकर्ड कायम गरेको सुनको मूल्य सोमबार पनि ऐतिहासिक विन्दु कायम बनाएको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मको उच्च मूल्य हो ।
आइतबार छापावाला सुन एक लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदी प्रतितोला एक हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस सुन दुई हजार ६२९ दशमलव ७२ डलरमा कारोबार भइरहेको छ ।