लेबनानमा इजरायलको आक्रमणमा मारिएका ९ जनामध्ये १ हिजबुल्लाहका शीर्ष कमान्डर

0 Shares

काठमाडौँ । इजरायली सेनाले लेबनानमा शुक्रबार गरेको आक्रमणमा हिजबुल्लाह कमान्डर इब्राहिम अकिल मारिएको पुष्टि गरेको छ।

इजरायलले शुक्रबार लेबनानको राजधानी बेरुतमा हमला गरेको थियो। लेबनानको स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो जानकारीअनुसार आक्रमणमा मारिनेको संख्या ९ पुगेको छ।

यस्तै घाइतेको संख्या ५९ छ। जसमध्ये आठ जनाको अवस्था चिन्ताजनक छ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता ड्यानियल हगारीले हिजबुल्लाह कमान्डर इब्राहिम अकिल बेरुतमा भएको हवाई हमलामा मारिएको बताएका छन्।

एक्समा उनले भनेका छन्- हिजबुल्लाहको रडवान एकाइका शीर्ष सदस्य पनि आक्रमणमा मारिएका छन्।

हिजबुल्लाह र इजरायलबीच द्वन्द्व बढेका बेला यो हमला भएको हो। हिजबुल्लाहले पनि शुक्रबार इजरायलमा १०० भन्दा बढी रकेट प्रहार गरेको छ।

यो हप्ता लेबनानमा हिजबुल्लाह सदस्यहरूका पेजर र वाकी-टकी विस्फोटका कारण ३० जनाको मृत्यु भएको छ। हिजबुल्लाहले यसमा इजरायललाई जिम्मेवार ठहर्‍याएको छ।

इरान समर्थित समूह हिजबुल्लाहका नेता हसन नसरल्लाहले बिहीबार सम्बोधन गर्दै इजरायली आक्रमणको बदला लिने घोषणा गरेका छन्।

सम्बन्धित समाचार