नेशनल लाइफको ‘मिट द सीईओ’ कार्यक्रम सम्पन्न

0 Shares

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले मासिक स्किमअन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्तालाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँग साक्षात्कारसहित डिनर कार्यक्रम ‘मिट द सीईओ’ सम्पन्न भएको छ ।

मधेस प्रदेशबाट योग्य भएका करिब ३० जना अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखको सहभागितामा प्रमुख कार्यकारी अधिकृतले सहभागी सबै अभिकर्तालाई लगन परिश्रमको कदर गर्दै मायाको चिनो प्रदान गरिएको थियो ।

स्किममा व्यवस्था भएअनुरुप अर्ली क्वालिफायर विजेता र सर्टिपिकेट अफ एक्सिलेन्स प्राप्त गर्न सफल अभिकर्ताहरूलाई विशेष सम्मान गरिएको थियो । प्रमुख कार्यकारी अधिकृतले यस कार्यक्रममा छनौट हुने सम्पूर्ण अभिकर्तालाई प्रदेश स्तरीय सम्मान गर्ने क्रममा मधेस प्रदेशबाट पहिलो सम्मान कार्यक्रम सम्पन्न गरिएको जानकारी गराए ।

समारोहमा प्रमुख कार्यकारी अधिकृतले अभिकर्ताको हितलाई मध्ये नजर गर्दै समय सान्दर्भिक योजना प्रस्तुत गर्ने क्रममा मिट द सीईओ स्किम ल्याइएको र नेपालभर तीन सयभन्दा बढी अभिकर्ता छनौट भएको र मधेस प्रदेशबाट मात्रै ३० जना अभिकर्ता छनौट हुन सफल भए ।

कार्यक्रममा सहभागी अभिकर्ताले कम्पनीका प्रमुख कार्यकारी अधिकृत समक्ष बीमा व्यवसायमा भोगेका समस्या, गुनासा, कम्पनीले सुधार गर्नु पर्ने पक्षहरूका बारेमा विस्तृत रुपमा जानकारी गराउन पाएकोमा खुशी व्यक्त गरे ।

यस योजनाले अभिकर्ता र सीईओ दुवैलाई प्रत्यक्ष रुपमा जोडी अर्न्तक्रिया गर्ने अवसर जुराउँदा अभिकर्ता तथा कम्पनी दुवै पक्षलाई हित हुने भएकाले यस प्रकारको योजना आगामी दिनहरूमा पनि ल्याउनु पर्ने सुझाव दिए ।

सम्बन्धित समाचार