स्काइवर्थ सपना साकार- दशैं तिहारको बम्पर उपहार

0 Shares

काठमाडौँ । केएल दुगड ग्रुपअन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रा.लि.ले चाडपर्वको अवसर बम्पर उपहार सार्वजनिक गरेको छ ।

कम्पनीले “स्काइवर्थ सपना साकार” दशैँ तिहारको बहार बम्परमा कार उपहार अफर ल्याएको छ । यो अफरअन्तर्गत ग्राहकले बम्पर पुरस्कारमा एमजी कमेट ईभी कार जित्न सक्ने छन् ।

यसका साथै, विभिन्न होम अप्लायन्समा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् । हरेक हप्ता हुने लक्की ड्रका विजेताले माइक्रोवेभ जित्न सक्नेछन् ।

दशैँ तिहारको अफरमा अन्य थुप्रै पुरस्कार उपलब्ध छन् । स्काइवर्थ नेपालले नेपाली बजारमा टेलिभिजन, फ्रिज, वाशिंग मेसिन, एयर कन्डिसनर जस्ता उच्च गुणस्तरीय, अत्याधुनिक प्रविधिसहितका होम एप्लायन्सेस उपलब्ध गराउँदै आएको छ ।

उच्च गुणस्तर र अत्याधुनिक प्रविधिका लागि परिचित स्काईवर्थ उत्पादनले नेपालभरका उपभोक्ताहरूका विश्वास जित्न सफल भएका छन् । यो अफर असोज १ देखि कार्तिक ३० गतेसम्म लागु हुनेछ ।

सम्बन्धित समाचार