0
Shares
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको हो ।
योसँगै आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार एक लाख ५६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी एक हजार ८८० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार ८९० रुपैयाँमा कारोबार भएको थियो ।