आजदेखि धरहरा सर्वसाधरणको लागि खुल्ला

0 Shares

काठमाडौँ । आजदेखि धरहरा सर्वसाधरणको लागि खुल्ला गरिएको छ ।

सरकारले काठमाडौँको सुनधारास्थित नवनिर्मित धरहरा आजदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

धरहरा सञ्चालनको जिम्मेवारी संघीय सरकारको शहरी विकास मन्त्रालयलाई दिइएको जानकारी दिएका छन् । २०७२ को भूकम्पले ढल्नु अघि संघीय सरकारले काठमाडौँ महानगरपालिकालाई धराहरा सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएको थियो । महानगरपालिकाले एक निजी कम्पनीलाई ठेक्कामा दिएको थियो ।

बिहीबारको मन्त्रिपरिषद बैठकले भने धरहरा सञ्चालनसम्बन्धी यसअघिका सबै निर्णय खारेज गर्दै सञ्चालनको जिम्मेवारी शहरी विकास मन्त्रालयलाई दिएको हो ।

सम्बन्धित समाचार