सरकारको साझा कार्यक्रम कार्यान्वयन गर्न मन्त्रिपरिषदबाट पारित

0 Shares

काठमाडौँ । सरकारको साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धता कार्यान्वयन गर्न मन्त्रिपरिषद् बैठकबाट पारित भएको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता पारित गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

कार्यदलले बुधवार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रतिवेदन हस्तान्तरण गरेका थिए । गठबन्धनको शीर्ष नेताको बैठकबाट न्यूनतम साझा कार्यक्रमको मस्यौदा बनाउने जिम्मा नेपाली काँग्रेसका महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाश शरण महत, त्यस्तै एमाले उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाललाई दिइएको थियो ।

असार ३१ गते गठन भएको सरकारमा एमालेका साथै काँग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टी छन् ।

 

सम्बन्धित समाचार