नेपालले ओमानविरुद्ध टस हार्यो, पहिला ब्याटिङ गर्दै

0 Shares

काठमाडौँ । आईसीसी विश्वकप लिग(२ मा नेपालले ओमानविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ ।

क्यानडाको किङ सिटीमा मपल लिफ क्रिकेट ग्राउण्डमा ओमानका कप्तान अकिब इलियासले टस जितेका हुन् । नेपाल पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएको थियो ।

आजको खेलमा नेपालले तीन परिवर्तन गरेको छ । नेपालले आजको खेलमा कुशल मल्ल, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी बेन्चमा भएको छ ।

नेपालले अनिल शाह, अर्जुन साउद र आरिफ शेखलाई मौका दिएको छ । आजको खेलमा अनिल शाह, आसिफ शेख, भीम सार्की, अर्जुन साउद, रोहित पौडेल (कप्तान), आरिफ शेख, सोमपाल कामी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् ।

 

सम्बन्धित समाचार