0
Shares
काठमाडौँ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधमा पक्राउ पुर्जी जारी भएको छ । विवादित अभिव्यक्ति दिँदै आएका व्यवसायी प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
जिल्ला अदालत काठमाडौँले सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा उनलाई पक्राउ गर्न अनुमति दिएको छ । उनलाई पक्राउ गर्न नेपाल प्रहरीको साइबर ब्युरोले अनुमति मागेको थियो ।
नेपाल प्रहरीको साइबर ब्युरोको मागअनुसार प्रसाईंसहित बागलुङ, बडीगाडका जीवन पाण्डे र धादिङ, सुनौला बजारका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । उनीहरूकै युट्युबमा प्रसाईंले विवादित अभिव्यक्ति सार्वजनिक भएको थियो ।
उनीहरूलाई विद्युतीय कारोबार ऐनअनुसार कारबाही गर्न प्रहरीले पक्राउ गर्न अनुमति माग गरेको प्रहरीले जनाएको छ ।