0
Shares
काठमाडौँ । बझाङको सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता भएका छन् । घटनामा तीन जना घाइते भएका छन् ।
दुर्गाथली गाउँपालिकाको मोरीबगरबाट झनानातर्फ गइरहेको ट्याक्टर दुर्घटना हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी किशोर जोशीका अनुसार जाजरकोटको भेरी नगरपालिका २ का २० वर्षीय सञ्जय बुढाले चलाएको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो ।
ट्याक्टर ५० मिटर तल सेती नदीमा खसेको बताउँदै चालकसहित एक जना बेपत्ता भएका उनले जानकारी दिए । ट्याक्टर नम्बर र बेपत्ता भएका अर्का व्यक्तिको नाम नखुलेको सूचना अधिकारी जोशीले बताए ।
अहिले घटनास्थलमा प्रहरीको टोलीले घाइतेको उद्धार गरी बेपत्ताको खोजी गरिरहेको छ ।