काठमाडौँबाट मन्दिरको दर्शन गएका तीर्थयात्रीको शव फेला

0 Shares

काठमाडौँ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका ६ स्थित दुप्चेश्वर महादेव मन्दिर दर्शन गर्नुपूर्व स्नान गर्ने क्रममा खोलाले बगाएर बेपत्ता एक तीर्थयात्रीको शव फेला परेको छ ।

मन्दिर परिसरमा रहेको सूर्यमती (तादी) खोलामा स्नानको क्रममा सूर्यगढी गाउँपालिका ३ का हिमकुमारी अधिकारीलाई सोमबार खोलाले बगाएर बेपत्ता बनाएको थियो । ७२ वर्षीय अधिकारीको शव आज भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिए ।

उनका अनुसार स्थानीयवासीको सहयोगमा सुरक्षाकर्मीको टोलीले दुप्चेश्वर ६ स्थित गोडापुलस्थित तादी खोलामा शव फेला पारेको हो ।

मन्दिर दर्शनका लागि परिवारसहित काठमाडौँबाट दुप्चेश्वर पुगेका अधिकारी स्नान गर्ने क्रममा खोलाले बगाएर बेपत्ता भएको थिए ।

सम्बन्धित समाचार