रेकर्ड विन्दुमा पुगेको सुनको मूल्य घट्यो

0 Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला छ सयले घटेको छ । सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्यमा गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ५७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । आज एक लाख ५६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी, चाँदीको मूल्य तोलामा १० ले घटेको छ । सोमबार प्रतितोला एक हजार ९१५ मा खरिदबिक्री भएको चाँदी आज एक हजार ९०५ रुपैयाँमा कारोबार भएको छ ।

सम्बन्धित समाचार