झलनाथले मेटमणिलाई भने- राष्ट्रियता विरोधी लज्जास्पद अभिव्यक्ति हो

0 Shares

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीकै उपमहासचिव मेटमणि चौधरीको अभिव्यक्ति राष्ट्रियता विरोधि, लज्जास्पद र घृणा अभिव्यक्ति भएको बताएका छन् ।

खनालले एक विज्ञप्ति जारी गर्दै चौधरीले प्राइम टाइम टेलिभिजनमा नेपालको नागरिक भएर बोलेको हो कि भारतीय भन्दै प्रश्न गरे । खनालले नेता चौधरीको अभिव्यक्ति राष्ट्रियता विरोधि, देशद्रोही अभिव्यक्ति र एकीकृत मातृभूमिविरुद्ध राष्ट्रघाती आवाज भएको बताएका छन् ।

नेता कार्यकर्ता, समर्थक, सुभेच्छुकमा समेत आक्रोस र विद्रोहको भावना उत्पन्न भएकाले चौधरीलाई पार्टीबाट कडा कारबाही गर्न खनालले माग गरेका छन् ।

सम्बन्धित समाचार